आइतबार, कात्तिक १, २०८३

'सान्‍नानी'बाट युट्युब ट्रेन्डिङमा आएकी लोकगायिका सरिता

गामठामका सीधासोझा युवतीलाई मायाजालमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने तन्नेरीहरूको हर्कतलाई सान्नानी गीतको भिडियोले पर्दामा उतारेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– गाउँघरको फूलै राम्रो। फूलजस्ता युवती झनै राम्रा। अपरिचित तन्नेरी मानिसको नजर त्यस्तै फूलमा परेपछि मायाप्रेमका गीत बज्न थाल्छन्। गीत गाउँदै युवक युवतीलाई फकाउन थाल्छन्। 

कति राम्री सान्नानी दिल बस्यो हीरैमा

ओठमा लाली सान्नानी शिरफूल शीरैमा

जाम पोखरा मिनीबसैमा....

लोकदोहोरी गायिका सरिता कार्की र गायक सन्दीप न्यौपानेको संयुक्त आवाजको यो गीत छोटो समयमै युट्युबको ट्रेन्डिङमा परेको छ। अपलोड भएको तीन दिनै सान्नानी ट्रेन्डिङको तेस्रो नम्बरमा आएको छ र पाँच लाखभन्दा बढी पटक हेरिसकिएको छ। सरिता कार्कीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले गायिकालाई फेरि चर्चामा ल्याएको छ।

प्रकाश भट्टद्वारा निर्देशित भिडियोको सुरुमै एक युवक (महेन्द्र गौतम) सान्नानीको घरको आँगनमा पुगेर पानी माग्छन्। घरमा बस्दै गर्नू, पानी लिएर आउँछु भन्दै गाग्री लिएर सान्नानी (लक्ष्मी बर्देवा) धारातिर हानिन्छन्। उनलाई पछ्याउँछन्, गौतम। सीधासोझा युवतीहरू आफूलाई पछ्याउने युवक पाएपछि हुरुक्कै भइहाल्ने भए। सान्नानी पनि हुरुक्कै हुन्छिन्। गीत गाउँदै युवकले सान्नानीलाई मायाजाल बुन्न थाल्छ। जाम पोखरा मिनीबसैमा भन्दै युवकले युवतीलाई फकाइछाड्छ। त्यसपछि सान्नानीलाई पोखरातिर सँगै लिएर जान्छ। 

पोखरा जाने क्रममा युवकले सान्नानीलाई अनेक खानेकुराका बाँन्की खुवाउँछ। बाटोमा पहिरो खसेको थाहा पाएपछि हिँडेरै पारि पुग्छन् र अर्को बस समाएर पोखरा लाग्छन्। पोखरा पुगेको युवकले तालवाराहीमा लगेर सान्नानीसँग लगनगाँठो कस्छ। विवाह गरिसकेपछि युवकले सान्नानीलाई एक बोतल चिसो पेयपदार्थ दिन्छ र आफूले पनि अर्को बोतल लिन्छ। चिसो पेय पिएकी सान्नानीका आँखा विस्तारै धमिलो हुँदा बेहोस हुन्छिन्। तर सान्नानीको होस खुल्दा युवक बेपत्ता भइसकेको हुन्छ। सान्नानीको रोनाधाना सुरु भएसँगै भिडियोको कथा सकिन्छ। 

भिडियोले आजको समाजमा पनि युवतीलाई युवाहरूले कति झुक्याउँछन् भन्ने यथार्थ देखाउन खोजेको छ। गाउँघरका सोझा सान्नानीलाई झुटो माया देखाएर सहर लगेर अलपत्र मात्रै पार्दैनन्, केही छिन अगाडि विवाह गरेकी श्रीमतीलाई बेहोस बनाएर बलात्कार गर्छन् र फरार हुन्छन्। 

नेपाली समाजमा अहिले पनि सान्नानीजस्ता दिदीबहिनीलाई ललाइ–फकाइ सहर लैजाने, सहरमा विवाह गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि अलपत्र पारिदिने चलन छ। जोकोही युवकले पछ्याउँदैमा पत्याएकामा सान्नानी भने पछुतोमा पर्छिन्। गहिरो चिनजान नभई कसैलाई विश्वास गर्नुहुन्न भन्ने सन्देश दिन खोजेको छ, भिडियोले।

गीतमा प्रकाश पौडेलको शब्द तथा संगीत रहेको छ। कोरसमा प्रशान्त पौडेल र स्मृति शाहीले साथ दिएका छन्।

सरिता कार्की लोक–संगीतमा परिचित नाम हो। सरिताका गीत गाउँघरमा हुने मायाप्रेम र विकृति, विसंगति सेरोफेरोमा बुनिएका हुन्छन्। उनका गीतमा पोखरा हत्तपत्त छुट्टिँदैनजस्तो लाग्छ। पोखरामाथि लेखिएका थुप्रै गीत गाएकी छन् सरिताले। ‘खोलीमा जलुका’, ‘मायालु हजार’, ‘लाउँछ माया’, ‘लाखौं तारा’, पञ्चैबाजा घुम्न’, जस्ता हिट गीत छन् उनका। संघर्षका दिनदेखि सँगै गीत गाउँदै आएका महेन्द्र र सरिताले थुप्रै गीतमा एकैसाथ मोडलिङ पनि गरेका छन्। सान्नानी बोलको गीतमा गायनमा सरितालाई सन्दीप न्यौपानेले साथ दिएका छन् भने महेन्द्रको  अभिनय रहेको छ।  

प्रकाशित: Jun 23, 2022| 16:10 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।