काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले असार ३ गते छात्रवृत्तितर्फको पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो।
सूचीमा रहेका विद्यार्थीले उक्त पूर्वमनोनय स्वीकार, अस्वीकार र परित्याग गर्नका लागि ६ गते बेलुका सम्मको मिति दिएको थियो।
विद्यार्थीले अनलाइनमार्फत स्वीकार, अस्वीकार र परित्याग गरेसकेपछि पहिलो भर्ना सूची असार ८ गते प्रकाशन गर्ने भनिएकोमा उक्त प्रक्रिया स्थगित गरिएको आयोगले जनाएको छ।
सूची रुजुकै क्रममा रहेकाले भोलि मात्रै प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।