शनिबार, जेठ ३०, २०८३

भारतमा १२ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिए

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४९ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा १२ हजारभन्दा धेरैमा कोरोना  संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४९ जनामा संक्रमण पुष्टि भएको हो।

National life

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ। पछिल्लो समय थपिएका सँगै भारतमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ।

भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ। कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन्। 

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 23, 2022| 08:33 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।