शनिबार, जेठ ३०, २०८३

टिप्परको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९
National life
Shivam cement

काठमाडौं- भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ। बिहीबार बिहान २ बजे भक्तपुरको आदर्श नगर सडकखण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार बिहीबार बिहान २ बजे बा४ख ५२९८ नम्बरको टिपरले ठक्कर दिएको थियो। उनीहरूलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको भए पनि करिब ३ बजेतिर दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 23, 2022| 08:25 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।