बुधबार, जेठ २७, २०८३

गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा

शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।

National life

कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जनाएको हो। बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको छ।

निर्देशनालयका अनुसार बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने छ।

लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन्। स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भए।

बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्। तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भए। मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन्।

Shivam cement

गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन्। नवलपरासी सुस्तापूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भएका छन्।

म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन्।

पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ। कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन्।

मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन्। मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन्।



प्रकाशित: Jun 23, 2022| 08:05 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्