शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विजयनगर गाउँपालिकाद्वारा ४१५ छात्रालाई निःशुल्क साइकल वितरण

विजयनगर गाउँपालिकाद्वारा ४१५ छात्रालाई निःशुल्क साइकल वितरण

छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकाले ४१५ छात्रालाई साइकल वितरण गरेको छ। छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो। 

National life

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका छ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५  छात्रालाई साइकल वितरण गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव रहेको बताए।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको बताए।  छोरीलाई शिक्षित र सबल बनाउन नै 'बेटी पढाउ, बेटी बचाऊ' अभियान ल्याइएको छ थापाले भने साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउनेसँग महिलाको शिक्षामा पहुँच वृद्धि हुनेछ।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताइन्। उनले नियमित विद्यालय आउन छात्रहरूलाई आग्रह गरिन्। -रासस

प्रकाशित: Jun 23, 2022| 08:45 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।