शनिबार, जेठ ३०, २०८३

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस-१ का चन्द्र बहादुर तामाङ रहेका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- १९ कात्तिक, काठमाडौं। ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस-१ का चन्द्र बहादुर तामाङ रहेका छन्। २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका-३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तामाङलाई अदालतले १० वर्षको कैद फैसला सुनाएको थियो।

२०५४ साल माघ ३ गते तामाङले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ज्यान मार्ने उधोगमा मुद्धा दायर भएको थियो।

फरार प्रतिवादी तामाङलाई सोमबार पक्राउ गरी मंगलबार आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 23, 2022| 06:18 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।