बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनलाई पुनर्निर्माण गर्न 'मार्शल प्लान' चाहिन्छ : जर्मन चान्सलर

युक्रेनलाई पुनर्निर्माण गर्न 'मार्शल प्लान' चाहिन्छ : जर्मन चान्सलर

रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि युक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

बर्लिन- रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि युक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन्। 

उनले पुनर्निर्माण ‘पुस्तौँसम्म लाग्ने’ बताएका छन्छ। युक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताए।

दोस्रो विश्वयुद्धपछि पश्चिमी युरोप पुनः र्निर्माणमा मद्दत गर्न अर्बौ प्रदान गर्ने अमेरिकी पहलको सन्दर्भमा छलफल गर्न अहिले युरोप र अमेरिकी मुलुकहरूका नेता जर्मनीमा भेला भएका छन्। 

रूसविरुद्धको लडाइँमा पश्चिमी सहयोगीहरु युक्रेनको समर्थनमा दृढ रहनुपर्ने जर्मन चान्सलर ओलाफ सोल्जले बताए। 

उनले भने, 'पुटिनले अन्तमा आफ्नो विशाल गलत निर्णयलाई मान्यता नदिएसम्म हाम्रा प्रतिबन्ध,अन्तरराष्ट्रिय तवरमा समन्वयित हातहतियार वितरण, युक्रेनका लागि हाम्रो वित्तीय समर्थनका साथ आगामी मार्गमा दृढतापूर्वक रहनु महत्वपूर्ण हुनेछ।'

kumari

प्रकाशित: Jun 23, 2022| 04:30 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।