मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी-पहिराबाट हुने जोखिम न्यूनीकरणका लागि कृत्रिम अभ्यास

बाढी-पहिराबाट हुने जोखिम न्यूनीकरणका लागि कृत्रिम अभ्यास

कालिजङ्ग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो। बाढी र पहिराका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिए।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची नदी किनारमा बुधबार बाढी र पहिराबाट हुने जोखिम न्यूनीकरण तथा उद्धारका लागि कृत्रिम घटना अभ्यास गरिएको छ। कालिजङ्ग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो। बाढी र पहिराका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिए।

अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका एक व्यक्तिलाई नदीले बगाउँछ। उनलार्ई जिउँदै उद्धार गरिन्छ। त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तिको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पतालसम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो।

 घटना अभ्यासमा पहिराले घरमा फसेकाको डोरीको सहायताले गरिने उद्धार, घरमा फसेकाको एक स्थानबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो। उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगिका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिराको कृत्रिम घटना अभ्यास गरिएको कालिजङ्ग गणको गणपति मिलन थापाले बताए।

कार्यक्रममा उद्धार सामग्रीको प्रदर्शनी गरिएको थियो। कृत्रिम घटना अभ्यासमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल, सशस्त्र प्रहरी बेशक्याम्प मेलम्चीका प्रमुख अरुण विक्रम बस्नेत, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारी, अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधिलगायत स्थानीयको सहभागिता रहेको कालिजङ्ग गण मेलम्चीका गुल्मपति ढलकबहादुर मोक्तानले जानकारी दिए।

अभ्यास कार्यक्रमपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता कार्यक्रमले विपद्का बेला कसरी काम गर्ने र जनशक्ति कसरी परिचालन गर्नुपर्छ भन्ने सन्देश दिएको बताए। उनले यस्ताखाले तालिम स्थानीय र जनप्रतिनिधिलाई समेत आवश्यकपर्ने बताएका थिए। 

प्रकाशित: Jun 22, 2022| 23:50 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।