बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु, 'अवस्था दयनीय'

अफगानिस्तान भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु, 'अवस्था दयनीय'

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ। अफगानिस्तानको संस्कृति तथा सूचना विभागलाई उदृत गर्दै अलजजिराले भूकम्पमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएको उल्लेख गरेको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काबुल- अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ। अफगानिस्तानको संस्कृति तथा सूचना विभागलाई उदृत गर्दै अलजजिराले भूकम्पमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएको उल्लेख गरेको छ। 

भूकम्पमा परी १५ सयभन्दा बढी घाइते भएका छद्द्। पाकिस्तानको मेट्रोलोजिकल विभागका अनुसार बुधबार बिहान अफगानिस्तानको पाक्तिका प्रान्तमा केन्द्रबिन्दु बनाएर ६.१ म्याग्‍निच्युडको भूकम्प गएको थियो। 

अफगानिस्ताको खोस्ट सहरबाट करिब ५० किलोमिटरको दूरीमा उक्त भूकम्प गएको हो। खोस्टमा पनि कयौं घरहरु भत्किएका छन्। केन्द्रबिन्दुबाट करिब ३७५ किलोमिटरको दूरीमा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको जनाइएको छ। 

तालिबान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका शिक्षा कोष (युनिसेफ)ले हरेक घण्टामा अवस्था नाजुक र दयनीय बन्दै गएको जनाएको छ। 

युनिसेफका सञ्‍चार तथा नागरिक सम्बन्ध प्रमुख सामान्थ मोर्टले भने, 'अफगानिस्तानको पूर्वी प्रान्तमा हरेक घण्टामा अवस्था बिग्रिँदो अवस्थामा रहेको छ। केही समयअघि पहिरो गएको उक्त ग्रामिण क्षेत्रमा गएको भूकम्पले राहत तथा उद्धारको कार्यका लागि पनि कठिनाइ भइरहेको छ।' 

kumari

तालिबान सरकारले अहिले आफ्नो क्षमताले भ्यासम्म राहत तथा उद्धार कार्य गरिरहेको र यसलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको जनाएको छ। - अलजजिरा

प्रकाशित: Jun 22, 2022| 19:17 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।