मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक, डाकियो न्याय परिषद् बैठक

न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक, डाकियो न्याय परिषद् बैठक

अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक न्याय परिषद्  बैठक बोलाएका छन्।

काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइराला संलग्न भएको भनिएको १० करोड रुपैयाँ लेनदेनको विवादास्पद अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीशले आकस्मिक बैठक डाकेका हुन्।

कार्कीले दिउँसो साढे १ बजे बैठक बोलाएका छन्। 

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो।

सोही विषयलाई लिएर कामु प्रधानन्यायाधीशले परिषद् बैठक बोलाएको बुझिएको छ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन्।

पोखरेलले त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको साथ रहने भन्दै  प्रलोभन दिएको अडियोमा सुन्न सकिन्छ।

प्रकाशित: Jun 22, 2022| 11:08 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।