मंगलबार, साउन १९, २०८३

सेप्टीट्याङ्कीमा डुबेर कैलालीमा बालिकाको मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

सुखड- कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ। 

मंगलबार साँझ करिब ७ बजे खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका-४ कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपना माझीको ज्यान गएको हो। 

मृतक बालिकाकी आमा पवित्रा माझीका अनुसार मंगलबार साँझ साढे ६ बजे घर बाहिर बसेर खेल्ने क्रममा बिपना सेप्टीट्याङ्कीमा खसेकी थिइन्। 

उनले ६:४० मा छोरी हराएमा ७:१० मा घरकै सेप्टीट्याङ्कीमा फेला परेकी बनाइन्। अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको उनले बताइन्।

सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा पहिलादेखि नै सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 10:50 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।