बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाबुसँग नाता तोड्छु भन्दै अदालत पुगिन् एलन मस्ककी छोरी जेभियर

बाबुसँग नाता तोड्छु भन्दै अदालत पुगिन् एलन मस्ककी छोरी जेभियर

उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुवासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- विश्वका धनाढ्यहरूको सूचीमा अग्रस्थानमा आउने एलन मस्ककी छोरी जेभियर अलेक्जेन्डर मस्कले अदालतमा आफ्ना बुवाबाट 'अलग' हुन निवेदन दिएकी छन्। जेभियरले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन्।

उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुवासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्। 

१८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्। विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन्। 

सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए। सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्। एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन्। 

अमेरिकी अखबार सिएनएनका अनुसार उनकी छोरी जेभियरले अदालतमा दिएको निवेदनको सुनुवाइ आगामी शुक्रबार हुने भनिएको छ।

kumari

उनले निवेदन अप्रिलमै फाइल भएको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो। बाबुछोरी एलन र जेभियरले हालसम्म यसबारे कुनै औपचारिक टिप्पणी दिएका छैनन्।

प्रकाशित: Jun 22, 2022| 10:45 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।