मंगलबार, साउन १९, २०८३

रोल्पाकी एक किशोरी सुतेकै ठाउँमा मृत फेला

मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

रोल्पा- रोल्पामा एक किशोरी मृत फेला परेकी छिन। मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन्।     

विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशंका गरिएको छ। मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।     

विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन्। उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।   -रासस

प्रकाशित: Jun 22, 2022| 10:26 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।