आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भाजपाले आदिवासी नेतृ द्रौपदीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

भाजपाले आदिवासी नेतृ द्रौपदीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले ट्विट गरेर यसको जानकारी दिएका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

National life
kumari

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले ट्विट गरेर यसको जानकारी दिएका छन्।

मुर्मु झारखण्डकी पूर्व राज्यपाल हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन्। मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हासँग हुनेछ।

द्रौपदी ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन्। पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन्। उनी मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् भने सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपाल थिइन्।

भारतमा हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी जुलाई २४ मा सकिँदैछ। भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको छ।

प्रकाशित: Jun 22, 2022| 09:36 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।