मंगलबार, साउन १९, २०८३

कुन-कुन नदीमा छ आकस्मिक बहावको सम्भावना?

देशका केही नदी तथा खोलामा आज पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- देशका केही नदी तथा खोलामा आज पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ। गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ।

बिहानैबाट देशका केही स्थानमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ। केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह छ। 

आज आज देशका प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै रहनेछ।

प्रकाशित: Jun 22, 2022| 09:20 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।