काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ।
टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो। प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-७ खोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानिय १८ वर्षीय जगत बहादुर विक रहेका छन्। कर्णाली प्रदेश ०२-००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ।