आइतबार, वैशाख १३, २०८३

इरानमा ३ महिनामा सय जनालाई फाँसी

इरानमा सन् २०२२ को पहिलो तीन महिनामा एक सय जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्र संघले जनाएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

National life
kumari

काठमाडौं- इरानमा सन् २०२२ को पहिलो तीन महिनामा एक सय जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको छ।

जेनेभामा राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्र संघका उप मानव अधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।  

इरानमा सन् २०२० मा २६० जनालाई र २०२१ मा ३१० जनालाई मृत्युदण्ड दिइएको थियो। यस वर्ष जनवरीदेखि मार्चसम्ममा कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ। मृत्युदण्ड दिइएकामध्ये  धेरै अल्पसंख्यक समूहका थिए।

गुटरेसको प्रतिवेदनमा लागू औषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि पनि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ। निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको राष्ट्र संघले बताएको छ।

प्रकाशित: Jun 22, 2022| 08:43 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।