मंगलबार, साउन १९, २०८३

गाँजासहित पर्साबाट एक जना पक्राउ

पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका-४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

वीरगञ्ज- पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका-४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन्।

पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागूऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो।

सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो।

उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 08:40 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।