मंगलबार, साउन १९, २०८३

हजुर आमाको सहयोगमा १४ वर्षीया नातिनीमाथी बलात्कार

अर्घाखाँचीमा गत जेठ १ गते यता एक युवकद्वारा पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको पाइएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

अर्घाखाँची- अर्घाखाँचीमा गत जेठ १ गते यता एक युवकद्वारा पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको पाइएको छ। बालिकालाई बलात्कारको शिकार बनाउन मुख्य सहयोगी बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको खुलेको प्रहरीको भनाइ छ।

सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई सितगंगा नगरपालिका-१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले पटक-पटक बलात्कार गर्ने गरेको भन्दै असार ५ गते प्रहरीमा जाहेरी परेको थियो। 

त्यसपछि अनुसन्धान गर्दा बालिकालाई  बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० वर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलेको प्रहरीको भनाइ छ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिँदै र  अन्य लोभ लालचसमेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन्।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक-पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसासमेत लिने गरेको पाइएकोले दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए।  

दुबै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेस गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन्। उनी घरमासमेत बेला बेलामा बर्बराउँदै  मध्यरातमा बाहिर जाने  गरेकी छन्।

बालिकालाई बलात्कार पश्चात कसैलाई जानकारी दिए कुट्ने, मार्नेलगायतको धम्की दिँदै थप मानसिक पीडा दिँदै आएको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 08:04 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।