बुधबार, असार ३, २०८३

मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचामा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

विराटनगर- मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचामा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 

National life

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका-२ मा मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको हो। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पथरीशनिश्चरे-२ की ५० वर्षीया विमला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा राति ९:२० बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

सुन्दरहरैँचा नगरपालिका–११ मा मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को३३प ४२३१ नम्बरको मोटरसाइकलबाट लडेर स्थानीय ३० वर्षीय देवकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

साइकललाई जोगाउने क्रममा अनियन्त्रित बनेको मोटरसाइकलबाट हामफाल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन्। श्रेष्ठ सोही मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ। 

Shivam cement

उनलाई उपचारका लागि नोबेल अस्पताल ल्याउनेवित्तिकै साँझ ७ बजेतिर चिकित्सकले मृत घोषित गरेको  प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 22, 2022| 06:42 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।