शनिबार, जेठ ५, २०८१

उडान बन्द गर्ने घोषणाले तनाव, कारबाहीको तयारीमा सरकार

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार सूचना जारी गर्दै हेलिकोप्टर सेवा प्रदायकले असार ७ गतेदेखि र हवाइजहाज सेवा प्रदायकले असार १३ गतेदेखि रात्रीकालीन विश्राम उपत्यकाबाहिरका तोकिएका विमानस्थलमा गर्नुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै वायुसेवा संघ आन्दोलनमा उत्रिएको हो।
 |  मंगलबार, असार ७, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, असार ७, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- बुधबारदेखि उडान सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणाले उड्डयन क्षेत्रमा तनाव सिर्जना भएको छ। जसरी पनि आफ्नो निर्णय कार्यान्वयन गराउने पक्षमा सरकार अघि बढेको छ भने वायुसेवा प्रदायकहरूले आफूहरूका माग पूरा नहुन्जेलसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान लिएपछि अन्यौल बढेको हो। 

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे माग अघि सारेको छ। यात्रुसेवा शुल्क ल्यान्डिङ, पार्किङ्ग, नेभिगेसनलगायतमा भएको शुल्कवृद्धि र असार ५ गते प्राधिकरणले सूचित गरेको विमानहरूको रात्रिकालीन विश्रामसम्बन्धी निर्देशन फिर्ता लिनुपर्ने हवाइ सेवा प्रदायकका मुख्य माग हुन्।

प्रकाशित: Jun 21, 2022| 22:32 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्