बिहीबार, फागुन २१, २०८२

पोल्याण्डको सत्तारुढ दलका शीर्ष नेताद्वारा राजीनामा

पोल्याण्डको सत्तारुढ दल 'कानुन तथा न्याय पार्टी'का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

बार्सा- पोल्याण्डको सत्तारुढ दल 'कानुन तथा न्याय पार्टी'का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्। 

उनले मंगलबार प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउदै आफू सरकारको कुनै पनि पदमा नरहेको स्पष्ट पारेका छन्। आफ्नो राजीनामा प्रधानमन्त्रीले स्वीकृति गरिसकेको र अव राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गर्ने विश्‍वास उनले व्यक्त गरेका छन्। 

'अब सरकारमा रहिन, मैले प्रधानमन्त्री मातेउज मोराविस्कीलाई राजीनामा पत्र बुझाई सकेको छु,' उनले भने। उनी सन् २००३ देखि सो पार्टीको प्रमुख प्रभावशाली नेता रहँदै आएका थिए। 

पोल्याण्डको राजनीतिमा उहाँलाई लामो समय लोकप्रिय नेताका रुपमा चिनिन्थ्यो भने उनको परिवार पनि प्रभावशाली राजनीतिक परिवार मानिन्छ। 

उनका जुम्ल्याहा लेच कास्जीन्स्कीको सन् २०१० मा निधन भएको थियो। उहाँको त्यतिबेला राष्ट्रपति भएकै बेला निधन भएको हो।

kumari

प्रकाशित: Jun 22, 2022| 04:30 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।