बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल

बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल

संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन्। संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल गरेका हुन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

पेरिस- संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन्। संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल गरेका हुन्। 

उनले सोसलिस्ट र कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई भेटेर राजनीतिक निकासका लागि विभिन्न प्रस्तावहरू राखेको जनाइएको छ। 

राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनापछि उनले संसदमा बहुमत गुमाएका हुन्। अब देशको राजनीति नयाँ मोडमा जाने देखिएको छ। 

नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले दुई महिना अगाडि राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति म्याक्रोनको पूर्ण बहुमत गुमेको हो। 

सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानून र अव्यवस्थित गठबन्धन बारे प्रश्न खडा भएको टिप्पणी हुन लागेको छ।

kumari

प्रकाशित: Jun 21, 2022| 23:50 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।