मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानसेनापतिद्वारा लेबनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

प्रधानसेनापतिद्वारा लेबनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

लेबनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

लेबनान- लेबनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्।  

प्रधानसेनापति शर्माले मंगलबार नै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ।

प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।


 

प्रकाशित: Jun 21, 2022| 21:20 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।