बुधबार, असार ३, २०८३

भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

कञ्‍चनपुरको पुर्नबास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

भिमदत्तनगर- कञ्‍चनपुरको पुर्नबास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो। 

National life

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए। युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो। 

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर सुनुवार फरार भएका थिए। उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए।

प्रकाशित: Jun 21, 2022| 22:26 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।