बिहीबार, फागुन २१, २०८२

चीनद्वारा एन्टि-ब्यालेस्टिक मिसाइल परीक्षण

चीनले आइतबार एन्टि-ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। मुलुकको राष्ट्रिय सुरक्षा विकासका लागि एन्टि-ब्यालेस्टिक मिसाइलको परीक्षण एक ठूलो उपलब्धी भएको पनि बताइएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

बेइजिङ- चीनले आइतबार एन्टि-ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। मुलुकको राष्ट्रिय सुरक्षा विकासका लागि एन्टि-ब्यालेस्टिक मिसाइलको परीक्षण एक ठूलो उपलब्धी भएको पनि बताइएको छ। 

अमेरिकाले चीनलाई आधुनिक, आणविक-सैन्य इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल र मध्यम दूरीको ब्यालेस्टिक मिसाइल एसिया-प्यासिफिक क्षेत्रमा परिचालन गरेको धम्कीपछि चीनले एन्टी-ब्यालेस्टिक मिसाइलको परीक्षण गरिएको ग्लोबल टाइम्सले जनाएको हो। 

चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चीनले जमिनमा आधारित मिड-कोर्ष एन्टि-ब्यालेस्टिक मिसाइलको प्राविधिक परीक्षण गरिएको जनाएको छ। उक्त परीक्षणले आवश्यक उद्देश्य पूरा गरेको जनाएको छ। उक्त परीक्षणको प्रकृति रक्षात्मक भएको र कुनै पनि मुलुकलाई लक्षित नगरिएको पनि जनाइएको छ।

मन्त्रालयको विज्ञप्ति अनुसार यस्तै किसिमको परीक्षण २०२१ को फेब्रुअरीमा पनि गरिएको थियो। 

प्रकाशित: Jun 21, 2022| 20:21 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।