बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपतिले भने- २०२२ को अन्त्यसम्म सारमात ब्यालेस्टिक मिसाइल प्रयोग हुन्छ

रुसी राष्ट्रपतिले भने- २०२२ को अन्त्यसम्म सारमात ब्यालेस्टिक मिसाइल प्रयोग हुन्छ

उनले मस्कोले सैन्य बललाई थप आधुनिकीकरण गर्ने र सैन्य हातहतियरालाई विस्तार गर्नेक्रममा सन् २०२२ को अन्त्यसम्ममा आईसीबीएमको प्रयोग गर्ने बताएका हुन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२० को अन्त्यसम्ममा सारमात इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को प्रयोग गर्ने बताएका छन्।

उनले मस्कोले सैन्य बललाई थप आधुनिकीकरण गर्ने र सैन्य हातहतियरालाई विस्तार गर्नेक्रममा सन् २०२२ को अन्त्यसम्ममा आईसीबीएमको प्रयोग गर्ने बताएका हुन्। 

युक्रनेसँगको जारी युद्धका क्रममा मंगलबार मिलिटरी एकेडेमीका ग्राजुएट्‌सहरुलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, 'यस वर्षको अन्त्यसम्ममा आईसीबीएम प्रयोगमा ल्याउने योजना बनाएका छौं। आईसीबीएमले १० वा १० भन्दा बढी परमाणु अस्त्र बोक्न सक्ने र निशाना लगाउनसक्ने क्षमता छ।'

रुसले यो मिसाइल गत अप्रिलमा सफल परीक्षण गरेको थियो। उनले रुसी सेनाले एस-५०० रक्षा उपकरण र रक्षा मिसाइल प्रणाली प्रयोगमा ल्याउन थालेको र यो हतियार विश्‍वमा धेरैले प्रतिस्पर्धा गर्न नसक्ने बताए। 

मस्कोले प्रयोगमा ल्याउन चाहेको आईसीबीएमले विश्‍वमा सुरक्षा खतरा बढाउने पश्‍चिमाहरुको चिन्ता रहेको छ। यस हतियारले ६ हजार किलोमिटरसम्मको निशाना लगाउनसक्ने रुसी मिडियाहरुले दाबी गरेका छन्। - अलजजिरा

kumari

प्रकाशित: Jun 21, 2022| 20:10 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।