बुधबार, असार ३, २०८३

गुडिरहेको बसमा एसिड पोखिँदा ५ जना घाइते

विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा कटहरी ३ को कटहरी चोकमा दिउँसो ३:३० बजेतिर एसिड पोखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

विराटनगर- मोरङको रंगेलीतर्फ जाँदै गरेको यात्रुबहाक बसभित्र एसिड पोखिँदा मंगलबार दिउँसो पाँच जना घाइते भएका छन्। विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा कटहरी ३ को कटहरी चोकमा दिउँसो ३:३० बजेतिर एसिड पोखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

National life

बसभित्र एसिड पोखिँदा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएका छन्। उनीहरुको अनुहार, घाँटी, टाउको लगायत शरीरका विभिन्‍न भागमा एसिड परेर चोट लागेको छ।  घाइतेहरुको कोसी अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए।

सुनचाँदी व्यवसाय गर्दै आएका कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साहले प्लाष्टिकको बोतलमा बोकेको एसिड यात्रुबहाक बसमा पोखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठको भनाइ छ। 

उनका अनुसार कटहरी चोकमा चालकले अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर बसमा पोखिँदा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको छ। एसिड बोकेर हिँड्ने साह घटनापछि फरार बनेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 21, 2022| 18:33 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।