सोमबार, कात्तिक २, २०८३

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन र सम्झनाबीच मुख्य प्रतिस्पर्धा

चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ। 

सूचना तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको सूचनापछि बोर्डको अध्यक्षका लागि सम्झना उप्रेती रौनियार, भुवन  केसी, मनिष पण्डित, नवल खड्का, नारायण पुरी, नरेश पौडेल लगायतको नाम अगाडि देखिएको छ। १७ जना आकांक्षीमध्ये सम्झना र भुवनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। दुवै नेपाली कांग्रेससँग नजिक चलचित्रकर्मी हुन्। सम्झना लामो समयदेखि पार्टीगत राजनीतिमा सक्रिय छिन् भने भुवन भने स्थानीय तह निर्वाचन अगाडि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन्। 

राजनीतिक नियुक्त हुने भएकाले गठबन्धनको सरकारमा अवसर पाउने सम्झना र केसी देखिन्छन्। यसअघि एमाले नेतृत्वको सरकारले चलचित्र निर्देशक दयाराम दाहाललाई अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल सकिएपछि मन्त्रालयले सार्वजनिक प्रतिस्पर्धामा नयाँ नेतृत्व छान्न सूचना जारी गरेको थियो। 

बोर्डको अध्यक्ष बन्न ३० वर्ष पूरा भएको तर ६४ ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्मको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर दश वर्ष काम गरेको अर्को सर्त छ। अथवा, प्रवीणता पत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली फिल्मको स्थापना, विकास, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर २० वर्ष काम गरेको व्यक्तिले बोर्डको अध्यक्ष पदमा आवेदन दिन सक्नेछन्।

प्रकाशित: Jun 21, 2022| 17:56 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।