बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टिकटकमा लभ परेपछि बिहे गर्न आफ्नै परिवारसँग अपहरणमा परेको नाटक

टिकटकमा लभ परेपछि बिहे गर्न आफ्नै परिवारसँग अपहरणमा परेको नाटक

सप्तरीको राजगढ–३ घर भएका उनी ललितपुरको इमाडोलमा डेरा लिएर बस्थे। असार १ गते अपरान्हतिर ‘घरमा पैसा पठाउन जाने’ भन्दै डेराबाट निस्किएका थिए उनी। घरमा भनेका थिए, ‘आइएमई गर्न हिँडेँ।’
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– पैसा भन्ने चिज पनि अजिबकै हुन्छ। कहिलेकाहीँ आफ्नै परिवारविरुद्ध पनि षड्यन्त्र रच्न बाध्य बनाउँछ। यस्तै  भयो सप्तरीका कृष्णकुमार शर्माको हकमा।  

National life

सप्तरीको राजगढ–३ घर भएका उनी ललितपुरको इमाडोलमा डेरा लिएर बस्थे। असार १ गते अपरान्हतिर ‘घरमा पैसा पठाउन जाने’ भन्दै डेराबाट निस्किएका थिए उनी। घरमा भनेका थिए, ‘आइएमई गर्न हिँडेँ।’

तर, पैसा कहाँ पठाउनु! आइएमई गर्न हिँडेको केही बेरमै उनी सम्पर्कविहीन भए। मोबाइल स्वीच अफ भयो। परिवारमा चिन्ता छाउने नै भयो। घरकाले रातभर फोन ट्राइ गरे, तर सम्पर्क हुन सकेन। 

एक्कासि असार २ गते शर्माको इमोबाट परिवारका सदस्यलाई उनी अपहरणमा परेको डरलाग्दो म्यासेज आयो। म्यासेजमा लेखिएको थियो– शर्मालाई मार्न अन्तबाट ८ लाख रुपैयाँ फिरौती आएको छ, तर यताबाट २० लाख रुपैयाँ आयो भने हामी छाडिदिन्छौं।’

यतिमात्रै होइन, अपहरणको विश्वास नलाग्ला भनेर कपडामा रगत लतपतिएको तस्बिरसमेत पठाइयो। अनि धम्कीपूर्ण म्यासेजसहित भनियो, ‘प्रहरीलाई खबर नगर्नु, दुई दिनभित्र पैसा नआए हत्या गरिदिन्छौं।’

Shivam cement

म्यासेज र तस्बिर देखेपछि परिवार त्राहीमाम हुने नै भयो। त्यत्रो पैसा जुटाउन सहज थिएन। तर, मर्न दिन पनि त भएन।

‘परिवारका सदस्य गुपचुप हाम्रो शरणमा आइपुगे,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘त्यसपछि खोजतलास गर्दै जाँदा उनी अपहरणमा परेकै रहेनछन्। परिवारबाट रकम असुल्न अपहरणको झुटो नाटक रचेका रहेछन्।’

प्रहरीका अनुसार उनले आफू अपहरणमा परेको खबर प्रेमिकालाई पनि गरेका थिए। प्रहरी अनुसन्धानका क्रममा उनी विराटनगर गएको देखिएपछि मोरङ प्रहरीको सहयोगमा उनलाई आइतबार विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यलयका एसएसपी वसन्त कुँवरले जानकारी दिए। 

किन गरे यस्तो नाटक?

एसपी कोइरालाका अनुसार शर्माले बिहे गर्ने रकम नभएपछि परिवारविरुद्ध यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘टिकटकमार्फत एक युवतीसँग उनको प्रेम बसेको रहेछ।

बिहे गर्ने निचोडमा पुगेछन्, तर पैसा भएन। त्यसपछि शर्माले परिवारबाट पैसा उम्काउन अपहरणमा परेको नाटक गरेको देखियो,’ उनले भने। उनीमाथि सार्वजनिक उपद्र्याइँ गर्न नहुने कसूर अन्तर्गत म्याद थपेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Jun 21, 2022| 16:00 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।