बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक सञ्जालमा चिनजानपछि गेस्टहाउसमा भेट्दा बलात्कार र लुटपाट

सामाजिक सञ्जालमा चिनजानपछि गेस्टहाउसमा भेट्दा बलात्कार र लुटपाट

काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्। गएको जेठ २९ गते बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीया युवतीलाई बलात्कार गरेका हुन्।

आरोपीलाई असार ५ गते प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेपछि आरोपितले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु भनेर सम्बन्ध अघि बढाएका थिए। पहिलो भेटमै उनले बलात्कार गरेर लुटपाटसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भेट हुँदासम्म युवतीलाई युवकको सही नाम र ठेगानासमेत थाहा नभएको प्रहरीले बताएको छ।

युवकले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल इन्ट्री गराएका थिए। बलात्कारपछि मोबाइलसमेत लिएर उनी भागेको प्रहरीले जनाएको छ।

आरोपितलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत्त कालीमाटीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 21, 2022| 09:12 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।