बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'अग्निपथ'मा भारत अडिग, सेनाले भन्यो- आन्दोलन छोडेर भर्नाको तयारीमा लाग्नु

'अग्निपथ'मा भारत अडिग, सेनाले भन्यो- आन्दोलन छोडेर भर्नाको तयारीमा लाग्नु

भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ। तीव्र विवादका बीच उक्त योजना अघि बढ्ने भएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

kumari

काठमाडौं- भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ। तीव्र विवादका बीच उक्त योजना अघि बढ्ने भएको हो।

यही जुन २४ बाट ‘अग्निवीर’ सैनिक भर्ना प्रक्रिया प्रारम्भ हुने र आगामी डिसेम्बरमा पहिलो ब्याच तयार हुने जनाइएको छ । योजनाको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ।

सरकार भने प्रदर्शनकारीविरुद्ध कठोर बनेको छ। हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका युवाले सेनामा भर्ना हुन नपाउने बताइएको छ। ‘अग्निवीर’ बन्न चाहने युवाले आन्दोलन र हिंसामा संलग्न नरहेको प्रमाणपत्र पेस गर्नु पर्नेछ।

सैन्य संगठनलाई युवा बनाइराख्न अग्निपथ योजना ल्याइएको दाबी अधिकारीहरुको छ। नियमित सैनिकभन्दा तलबभत्ता र सुविधा अग्नीविरलाई बढी दिइनेछ।

सैनिक जवानको औसत उमेर ३२ रहेकोमा त्यसलाई सन् २०३० सम्ममा २६ वर्षमा झार्ने र सैन्य संगठनलाई पूरा युवाहरूले भरिने तयारी भारतीय सेनाको रहेको बताइएको छ। अग्निवीरका लागि साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवा योग्य हुनेछन्।  चार वर्षको कार्यकाल मात्रै हुने भएकाले २५ वर्ष पुग्दै गर्दा ‘अग्निवीर’ ले अवकाश पाउने छन्। भर्ना भएकामध्ये २५ प्रतिशतले चार वर्षपछि नियमित सेनामा अवसर पाउनेछन्।

सेनाले भने अब हुने सबै भर्ना ‘अग्निपथ’ योजनाअन्तर्गत मात्रै हुने बताएको छ। यसअघि परीक्षा दिएर रिजल्ट वा माथिल्लो परीक्षाको प्रतीक्षामा रहेकाहरूले पनि नयाँ प्रक्रियामा आउनुपर्ने सेनाको भनाइ छ। तीनवटै सेनाले आन्दोलनमा लागेर समय बर्बाद नगरी तयारीमा लाग्न युवाहरूलाई आग्रह गरेका छन्।

प्रकाशित: Jun 21, 2022| 09:07 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।