मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा अलकत्रा बोकेको ट्यांकर आगलागी हुँदा पूर्णरूपमा क्षति

कञ्चनपुरमा अलकत्रा बोकेको ट्यांकर आगलागी हुँदा पूर्णरूपमा क्षति

ना ४ ख ७८८८ नंको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ।

गए राति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासी आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

ना ४ ख ७८८८ नंको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए।

उक्त घटनामा ट्यांकरको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन। समयमै ट्यांकरमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ। नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन्।

प्रकाशित: Jun 21, 2022| 08:00 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।