बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु, २८ घाइते

सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

नानगाहर- अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन्। 

घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार गराइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि स्वास्थ्यकर्मीहरूले जनाएका छन्।​ नानगाहर प्रान्तको घानी जिल्लामा बिहानको समयमा घटना भएको हो। जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित गरेर विस्फोटन गराइएको स्थानीय प्रहरी अधिकारीको भनाइ छ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिइएको प्रहरीले जनाएको छ। राजधानी काबुलस्थित शिख गुरुद्वारामा विस्फोटन भएको दुई दिनपछि यो घटना भएको हो। गत शनिबार भएको सो घटनामा पनि कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए। त्यो घटनाको जिम्मेवारी भने इस्लामिक स्टेट खोरासन प्रान्त (आइएसकेपी)ले लिएको थियो। उसले वक्तव्य नै जारी गरेर घटनाको जिम्मेवारी लिएको हो। 

अफगानिस्तानमा लामो समय हिंसात्मक विद्रोह गरेको तत्कालिन विद्रोही तालिवान समूहले सत्ता कब्जा गरेपनि अर्को समुहले हिंसात्मक घटना गराइरहेको छ।

 सिन्ह्वा

kumari

प्रकाशित: Jun 21, 2022| 07:08 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।