बुधबार, असार ३, २०८३

तीन महिनामा तीन जनाको बलात्कारपछि मृत्यु

तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

चितवन- जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ। राप्ती नगरपालिका-१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा राप्ती-१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन्। उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

National life

खैरहनी नगरपालिका–१० मा श्रीमान्ले योनीमा क्षति पुर्‍याउँदा उपचारका क्रममा श्रीमतीको मृत्यु भएको छ। ती महिलाको जेठ १७ गते उपचारका क्रममा मृत्यु भएको हो। उनलाई श्रीमान्ले जेठ १२ गते कुटपिट गरी योनीमा क्षति पुर्‍याएका थिए। इच्छाकामना गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ। नातामा भाञ्जा पर्नेले जबरजस्ती करणी गरेको जाहेरी दर्ता गरिएको भोलिपल्ट ती वृद्धाको मृत्यु भएको हो। तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

जिल्लामा विसं २०७८ पुस १७ गतेदेखि २०७९ जेठ मसान्तसम्ममा ६६  मानवअधिकार उल्लङ्घनका घटना भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा सोही समयमा भएका घटनालाई हेर्दा सबैभन्दा धेरै यस वर्ष भएको पाइएको छ। 

इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार विसं २०७७ पुस देखि २०७८ जेठसम्म ३८ वटा र ०७६ पुसदेखि २०७७ जेठसम्म ५८ घटना भएका थिए। यस वर्ष सबैभन्दा धेरै बालिका करणीको सिकार बनेका छन्। करणीमा पर्नेमा २५ बालिकाका घटना र चार महिलाका रहेका छन्। करणीको प्रयासमा एक महिला, हत्यामा तीन महिला र दुई घटनामा पुरुष परेका छन्। 

बालयौन दुराचारमा १२ घटनामा बालिका, बहुविवाहमा ११, आत्महत्या दुरुत्साहनामा तीन, जनप्रतिनिधिबाट दुव्र्यवहारमा एउटा, हातहतियार मा तीन वटा र हत्या प्रयासमा दुई घटना भएको अधिकारीले जानकारी दिए। सहभागीले राखेका जिज्ञासाको जवाफ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएका थिए।  -रासस

Shivam cement

प्रकाशित: Jun 21, 2022| 06:55 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।