मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री ओलेको अश्लील अडियो छानबिन गर्न मन्त्रिपरिषद्ले बनायो समिति

मन्त्री ओलेको अश्लील अडियो छानबिन गर्न मन्त्रिपरिषद्ले बनायो समिति

निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले अधिकारीमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडियो असार ३ मा सार्वजनिक भएको थियो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अश्लील अडियोबारे छानबिन गर्न मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको छ।

नेपाल वायुसेवा निगमका अध्यक्ष र मन्त्री आलेबीच भएको विवादित अडियोबारे छानबिन गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले समिति गठबन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले अधिकारीमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडियो असार ३ मा सार्वजनिक भएको थियो। 

अडियो बाहिरिएपनि मन्त्री आलेको पार्टी नेकपा एकीकृत समाजवादीले कारबाहीका लागि कुनै प्रक्रिया अघि बढाएको छैन। यसअघि पनि मन्त्री आलेको विवादित अडियोहरू सार्वजनिक भएका थिए। 


प्रकाशित: Jun 20, 2022| 20:23 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।