बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशकी प्रधानमन्त्रीले भनिन्- रोहिंग्या महिला र लागुऔषध तस्करीमा संलग्‍न भए

बंगलादेशकी प्रधानमन्त्रीले भनिन्- रोहिंग्या महिला र लागुऔषध तस्करीमा संलग्‍न भए

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या मुसलमानहरुले मुलुकमा सामाजिक समस्या सिर्जना गरिरहेको बताएकी छन्। उनले बंगलादेशमा शरणार्थी बनेर आएका अधिकांश रोहिंग्या शरणार्थीहरु महिला र लागुऔषधको तस्करीमा संलग्‍न भएकोसमेत बताएकी छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या मुसलमानहरुले मुलुकमा सामाजिक समस्या सिर्जना गरिरहेको बताएकी छन्। उनले बंगलादेशमा शरणार्थी बनेर आएका अधिकांश रोहिंग्या शरणार्थीहरु महिला र लागुऔषधको तस्करीमा संलग्‍न भएकोसमेत बताएकी छन्। 

म्यानमारको रखाइन् प्रान्तमा सन् २०१७ मा रोहिंग्या मुस्लिमहरुमाथि 'नरसंहार' गरिएपछि ज्यान जोगाउनका लागि बंगलादेशमा शरण लिन पुगेका थिए। प्रधानमन्त्री हसिनाले हाल बंगलादेशका लागि नियुक्त भएकी क्यानडाकी उच्चायुक्त लिली निकोल्ससँगको भेटका क्रममा यस्तो बताएकी हुन्। 

बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार प्रधानमन्त्री हसिनाले क्यानडेली अधिकारीसँगको कुराकानीमा बंगलादेशमा रहेका करिब ११ लाख रोहिंग्या मुसलमानले लामो समयसम्मका लागि समस्या सिर्जना गरिरहेको बताएकी छन्। उनले प्रश्‍न गरिन्, 'बंगलादेशले कहिलससम्म यति ठूलो बोझ सहन सक्छ?'

उनले बंगलादेश सरकारले करिब एक लाख रोहिंग्यालाई भसानचरमा अस्थायी शरण दिएको र त्यहाँ धेरे सुविधाहरु पनि उपलब्ध गराइएको पनि बताएकी छन्। 

बंगलादेशमा रहेका रोहिंग्याहरुले घर फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरुले कहिलेसम्म अर्काको मुलुकमा बस्‍ने भन्दै प्रश्‍नसमेत गर्ने गरेका छन्। - बीबीसी

kumari



 

प्रकाशित: Jun 20, 2022| 18:43 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।