बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्‍न अदालतको आदेश

मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्‍न अदालतको आदेश

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- काठमाडौं जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका मनोजकुमार जैसी भन्‍ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

National life

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। यस्तै यौन दुर्व्यवहारको मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको दाहालले बताए। 

उनलाई डिल्लीबजार कारागार पठाउन आदेश भएको हो।

मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मुद्दा दर्ता गरेको हो।

Shivam cement

प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो। 

पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ। 

पाण्डेलाई सरकारी वकिलले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

प्रकाशित: Jun 20, 2022| 18:01 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।