आइतबार, कात्तिक १, २०८३

पाकिस्तानद्वारा भारतीय माझी रिहा

पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ। बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

इस्लामावाद- पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ। बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो। 

आइतबार काराबासमुक्त भएका भारतीय नागरिक यहाँबाट पूर्वी शहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौँ भारतीय माझी रिहाईको प्रतीक्षामा छन्। आज रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइनेछ। 

भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन्। 

काश्मीर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन। भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फीरुपमा खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।

प्रकाशित: Jun 20, 2022| 03:30 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।