शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिंगापुरमा कोभिड–१९ संक्रमित पुनः बढ्न थाले

सिंगापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ। सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो।
 |  सोमबार, असार ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

सिंगापुर- सिंगापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ। सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो।

himalayan bank box

यससँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो। 

पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबै आन्तरिकपमा सङ्क्रमित भएका बताइएको छ। हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन्। 

सङ्क्रमितमध्ये जटिल समस्या भटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ। यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jun 20, 2022| 04:30 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।