आइतबार, जेठ १७, २०८३

प्लास्टिक बोरामा रोयल राइड

 |  शनिबार, असार ४, २०७९

भीमा पन्थी

भीमा पन्थी

शनिबार, असार ४, २०७९
National life
Shivam cement

जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेट पेस गरेका थिए। निजी क्षेत्रहरूले बजेटमाथि प्रतिक्रिया जनाउने क्रम अझसम्म जारी छ। बजेटमाथि प्रतिक्रिया लिनका लागि अघिल्लो बिहीबार हामी सवारी साधन विक्रेताहरूका सोरुम चहारेका थियौँ। मेरो साथमा अफिसको एक जना दिदी पनि हुनुहुथ्यो। हामी रोयल इन्फिल्ड आयातकर्ता अल्फा अटोमोबाइल्स कम्पनीमा पुग्यौँ। कम्पनीका निर्देशक मेघराज पौडेल र म्यानेजर कल्पना भण्डारीसँग हाम्रो भेट भयो। उहाँहरुसँग दिदीको राम्रो चिनजान रहेछ। उहाँहरूसँग मेरो पहिलो थियो।

अल्फाको आर्थिक सहयोगमा हामी भेट भएको भोलिपल्ट (शुक्रबार)देखि 'रोयल इन्फिल्ड, लक्जरियस राइड' कार्यक्रम आयोजना गरिरहेको रहेछ। काठमाडौँदेखि कास्कीको घान्द्रुकसम्म तीन दिनको रोयल राइड रहेछ। नक्साल र बालाजु बुलेट सेन्टरले आयोजना गरेको। 

म पनि रोयल राइडमा सहभागी हुने टुंगो लाग्यो। शुक्रबार बिहान नक्साल बुलेट सेन्टरका सञ्चालक सञ्जय महापुरुषको नेतृत्वमा बालाजुमा १७ वटा बुलेट बाइकसहित ३० जना भेला भयौँ। सञ्जय सर बुलेट सेन्टर सञ्चालक मात्र होइन, राम्रो राइडर नै हुनुहुँदोरहेछ भन्ने कुरा पनि जानकारी पाएँ। हामी ५ जना महिला र २५ जना पुरुष महापुरुषको नेतृत्वमा घान्द्रुक राइडका लागि तयार भयौँ। सुरुमा महिला राइडरहरू पनि जाने कुरा थियो रे! तर बिहीबार उहाँहरूलाई समस्या भएपछि आएन नपाउनु भएको रहेछ। बालाजुमा भेट भएपछि परिचयात्मक कार्यक्रम भयो। महापुरुषसहित राइडर सरहरूले ‘ब्रिफिङ’ सुरु गर्नु भयो। चियानास्ता पनि। यात्रा पनि सुरु भयो। 

प्रकाशित: Jun 18, 2022| 11:53 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...