बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे

अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे

इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ। अफगानिस्तानमा तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

तेहरान- इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ। अफगानिस्तानमा तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो। 

गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए। त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ।

इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिवान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या २० गुणा बढेको छ। 

विश्व बाल मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरुको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ। 

तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ। 

kumari

राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै बयस्कहरु इरान गएको र उनीहरुसँगै बालबालिकाहरु पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ। 

प्रकाशित: Jun 17, 2022| 05:05 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।