बिहीबार, फागुन २१, २०८२

अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ। विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

वाशिङ्टन- अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ। विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो। 

फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो। सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो।

गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमानहरू अर्थविद्हरूले गरेका छन्।

यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिंदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ। यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ।

प्रकाशित: Jun 17, 2022| 05:30 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।