शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राफिक हरिरीका हत्याराहरूलाई जन्मकैदको सजाय

संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको बेरूत बम विस्फोटमा सम्लग्‍नलाई जन्मकैदको फैसला सुनाएको छ।
 |  बिहीबार, असार २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

नेदरल्यान्ड्स- संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको बेरूत बम विस्फोटमा सम्लग्‍नलाई जन्मकैदको फैसला सुनाएको छ। 

himalayan bank box

उक्त घटनामा दोषी ठहर गर्दै दुई जना हिजबुल्लाह सदस्यलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको हो। हबिब मेरी र हुसेन ओनिसीलाई उनीहरूको अनुपस्थितिमा नै उक्त सजायको घोषणा गरिएको हो। 

२१ जनाको ज्यान गएको र २२६ जना घाइते भएको उक्त घटनाबारे डचस्थित स्पेशल ट्रिबुनल फर लेबनान (एसटिएल) ले आक्रमणमा मेरी र ओनिसीलाई दोषी ठहर गरेको हो।

सिया लडाकू मिलिशिया हिजबुल्लाहको गोप्य नेटवर्कबाट ‘वास्तविक अपराधीहरूलाई’ जोगाउन एक काल्पनिक समूहले यस आक्रमणका लागि जिम्मेवार भएको दाबी गरेको भिडियो वितरण गरेको पत्ता लागेपछि अनुसन्धान सुरू भएको थियो।

तर सन् २०२० मा आजीवन कारावासको सजाय पाएका तेस्रो व्यक्ति सलीम अयशलाई आत्मसमर्पण गराउन अस्वीकार गरेको हिजबुल्लाले यो जोडीलाई पनि अदालती प्रक्रियामा सामेल हुनबाट रोक लगाउँदै आएको बताइएको छ।

Metro Mart
vianet

प्रकाशित: Jun 16, 2022| 23:30 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।