बिहीबार, फागुन २१, २०८२

मध्यपूर्वको भ्रमणमा नस्किँदै अमेरिकी राष्ट्रपति

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन्। आउँदो जुलाई १३ देखि १६सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

वाशिङ्टन- राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन्। आउँदो जुलाई १३ देखि १६सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। 

इजरायलबाट शुरु हुने उनको भ्रमण साउदी अरबमा पुगेर टुङ्गिने जनाउँदै राष्ट्रपति कार्यालयलका एक अधिकारीले इजरायलमा राष्ट्रपति बाइडेनले त्यहाँका नेताहरूसँग इजरालको सुरक्षा, समृद्धि र बृहत्तर क्षेत्रमा बढ्दो एकीकरणका बारेमा छलफल गर्ने बताए। 

वेस्ट ब्याङ्कको भ्रमणका क्रममा उनले प्यालेष्टिनी प्राधिकरणका पदाधिकारीहरूसँग परामर्श गर्ने र उनीहरूलाई प्यालेष्टिनी जनताको सुरक्षा, स्वतन्त्रता र अवसरको समान उपायसहित ‘दुई राज्य समाधान’ का लागि अमेरिकाको दृढ समर्थन दोहोर्‍याउने ती अधिकारीले बताए।

वेस्ट ब्याङ्कको भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति साउदी नरेश सलमानको निम्ता मान्न साउदी अरबको जेद्दा पुग्नेछन्। त्यहाँ उनी ‘जिसिसी प्लस तीन’ले परिचित  इजिप्ट, इराक र जोडर्नसमेत सम्मिलित गल्फ कोअपरेशन काउन्सिलको शिखर बैठकमा सहभागी हुनेछन्। साउदी अरब जिसिसीको वर्तमान अध्यक्ष देश हो। शिखर सम्मेलनमा यस क्षेत्रका नौ जना नेताले पनि भाग लिनेछन्। 

राष्ट्रपति कार्यालयका अनुसार इजरायल भ्रमणको मुख्य उद्देश्य उसको सुरक्षा र समृद्धिका निम्ति अमेरिकाको प्रतिबद्धतालाई सुदृढ तुल्याउनु हो भने जिसिसी शिखर सम्मेलनमा भाग लिएर बाइडेन प्रशासनले मध्यपूर्वमा अमेरिकी सुरक्षा, आर्थिक एवम् कूटनीतिक हितलाई अघिबढाउनु हो। राष्ट्रपति बाइडेनको यो भ्रमण कूटनीतिमार्फत मध्यपूर्वमा शान्ति एवम् स्थायित्व कायम गर्नु पनि हो। 

kumari

इजरायलमा रहँदा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नफ्ताली बेनेट र राष्ट्रपति इसाक हर्जोगलगायत अधिकारीलाई भेट्ने तथा बेथलेहेममा प्यालेष्टिनी राष्ट्रपति महमुद अबससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: Jun 15, 2022| 05:30 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।