आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी दूतावासले भन्‍यो - एसपीपीका नाममा सार्वजनिक गरिएको दस्ताबेज असत्य

अमेरिकी दूतावासले भन्‍यो - एसपीपीका नाममा सार्वजनिक गरिएको दस्ताबेज असत्य

नेपालस्थिति अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- नेपालस्थिति अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ। 

sagarmatha cement

अमेरिकाको विदेश नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई 'स्टेट पार्टनरशिप प्रोग्राम'मा सामेल हुन नभन्‍ने तर कुनै देशबाट त्यसका लागि माग भएमा मात्रै उक्त मागको सम्बोधन गर्ने दूतावासले जनाएको छ। 

दूतावासले थप भनेको छ, 'स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलोजस्ता प्राकृतिक विपद्व‌विरुद्ध जुध्‍नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।' 

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको पनि दूतावासले जनाएको छ। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा नभएको पनि बताइएको छ। 

दूतावासले थप भनेको छ, 'आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।'

तर, केही सञ्‍चारमाध्यमहरुले भने नेपाललाई अमेरिकाले एसपीपी सम्झौताका लागि दबाब दिएको र उक्त सम्झौता अनुसार नेपालमा अमेरिकी सेनाले सैन्य बेस क्याम्प स्थापना गर्ने उल्लेख गरेका थिए। यस विषयमा नेपाली सेनाले पनि अहिलेसम्म सेनालाई एसपीपीका सम्बन्धका कुनै सम्झौताको प्रस्ताव अथवा मस्यौदा प्राप्त नभएको बताएको छ। 


प्रकाशित: Jun 14, 2022| 20:46 मंगलबार, जेठ ३१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्