आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनलाई पश्चिमा देशले दिएका हतियार नष्ट गरेको रुसी दाबी

युक्रेनलाई पश्चिमा देशले दिएका हतियार नष्ट गरेको रुसी दाबी

रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ। रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको दाबी गरेको हो।

National life

इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले रुसले उक्त दाबी गरेको जनाएको छ। ‘लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ,’ रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने। गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएको उनले बताए ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ। मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन्। पछिल्ले समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ।

प्रकाशित: Jun 13, 2022| 07:15 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।