बिहीबार, फागुन २१, २०८२

अन्तरीक्षबाट अपतटीय मिथेन ग्यास चुहावट देखिएको दाबी

वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो, जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- वैज्ञानिकहरूले पहिलो पटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेनको पत्ता लगाउन स्याटेलाइट डाटाको प्रयोग भएको एक अध्ययनले देखाएको छ। 

उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्यास उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको बताइएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्याँस उत्सर्जन भएको थियो। यो मानव गतिविधिबाट हुने मिथेन उत्सर्जनको झन्डै एक तिहाइ भाग हो। 

वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो, जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो। 

दक्षिणी मेक्सिकोको क्याम्पेचे नजिकै रहेको यो प्लेटफर्म देशकै सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक हो। भ्यालेन्सिया पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक लुइस गुआनटरले यससम्बन्धमा सार्वजनिक एक भनाइमा उल्लेख गरिएको छ, 'हाम्रो अध्ययनको निष्कर्षले भूउपग्रहहरूले समुद्रको आधारभूत संरचनाबाट मिथेन ग्यासका लप्का कसरी पत्ता लगाउन सक्छन् भन्ने कुरा देखाउँछ।'

'यसले एउटा प्लेटफर्महरूबाट औद्योगिक उत्सर्जनको व्यवस्थित अनुगमन गर्ने ढोका खोल्छ।' गत केही वर्षमा जमिनमाथि मिथेन चुहावट पत्ता लाग्ने भूउपग्रह आधारित तरिकाहरू द्रुत गतिमा विकास भएका छन्। यसले नियामक निकाय तथा उद्योगबारे असहजता सिर्जना गर्ने जानकारी दिएको छ।  

kumari

समुद्रको तेल तथा ग्याँसको परिचालनबाट चुहावट हुने विश्वव्यापी उत्पादनको लगभग ३० प्रतिशत उत्सर्जनबारे समान प्रविधिको अभाव हुँदै आएको छ। 


प्रकाशित: Jun 13, 2022| 05:30 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।