बिहीबार, फागुन २१, २०८२

इटालीमा कोभिड संक्रमण दर फेरि बढ्यो

सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले जारी गरेको तथ्यांक अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

रोम- इटालीको कोरोनाभाइरस संक्रमण दर फेरि बढेको छ। सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले जारी गरेको तथ्यांक अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ।

इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक संक्रमण हुनेहरूको संख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा संक्रमण देखिएको छ।

यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो। महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय संक्रमित रहेका थिए। इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो।

साताको अन्तिम दिन इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो। यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड संक्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ।   -सिन्ह्वा

 

kumari

प्रकाशित: Jun 12, 2022| 06:38 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।